क्रिष्टल प्यालेससँग टोटनह्याम पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । एफए कपको चौथो चरणमा क्रिष्टल प्यालेससँग पराजित भएपछि टोटनह्याम चार दिनको बीचका दोस्रो नकआउट प्रतियोगिताबाट बाहिरिएको छ ।

टोटनह्याम गएको बिहीबार चेल्सीसँग पेनाल्टी शुटआउटमा पराजित हुँदै लिग कपको सेमिफाइनलबाट बाहिरिएको थियो ।

आइतबारको खेलमा क्रिष्टल प्यालेसविरुद्ध ३५ मिनेटभित्रै २ गोलले पछि परेको टोटनह्याम खेलमा फर्कन सकेन ।

कनर विकह्यामले क्रिष्टल प्यालेसका लागि सन् २०१६ को नोभेम्बरयता पहिलो गोल गर्दा नवौं मिनेटमै टोटनह्याम एक गोलले पछि परेको थियो ।

टोटनह्यामकै पूर्व मिडफिल्डर आन्द्रोस टोनसेन्डले पेनाल्टीमार्फत ३४औं मिनेटमा क्रिष्टलका लागि दोस्रो गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो । तर, केरियन ट्रिपरको प्रहार बाहिरिएपछि टोटनह्यामले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।

टोटनह्यामले दुई खेलमा तेस्रो पटक पेनाल्टी गुमाएको हो । बिहीबारको खेलमा चेल्सीविरुद्ध लुकास मोउरा र एरिक डायरले पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
ब्यापक रुपमा परिवर्तित देखिएको टोटनह्याम प्यालेसविरुद्धको खेलमा कमजोर देखियो ।

केही उत्कृष्ट अवसर पाए पनि टोटनह्यामले गोल गर्न सकेन । उसको प्रहारमा प्यालेसका ३९ वर्षीय अर्जेन्टाइन गोलरक्षक जुलियन स्पेरोनी बाधक बने ।

सन् २०१६ पछि एफए कपको अन्तिम १६ मा पुगेको क्रिष्टल प्यालेसका समर्थकले खेल सकिएपछि सानदार ढंगले खुसियाली मनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस