रोनाल्डोको गोलमा युभेन्टसको जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । इटालियन सिरिएमा युभेन्टसले ११ अंकको अग्रता लिएको छ । आइतबार रातिको खेलमा लाजियोमाथि २–१ गोल अन्तरको जित निकाल्दा क्रिष्टियानो रोनाल्डोले अन्तिम समयमा पेनाल्टीमार्फत गरेका गोल निर्णायक भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी भएकोमा ५९ औं मिनेटले उपहार गोलमार्फत लाजियोले अग्रता लिएको थियो । युभेन्टसका इमरिक केनले बल क्लियर गर्दा आफ्नै पोस्टमा गोल गरेका थिए । ७४ औं मिनेटका काभाको केनसेलोले युभेन्टसका लागि बराबरी गोल गरेका थिए ।

तर अन्तिममा लाजियोले धैर्यता गुमाउँदै ८८ औं मिनेटमा युभेन्टसलाई पेनाल्टीको अवसर दिएको थियो । जसलाई क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जारी लिगमा ११ अंकको अग्रता दिलाए ।

ताजा अपडेट

खोजी गर्नुहोस