माघ १४,काठमाडौँ । यूएईविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत तेस्रो एक दिवसीय खेलमा पारस खड्काले दुईवटा कीर्तिमान बनाएका छन् ।
पहिलो विकेट पतन भएपछि क्रिजमा आएका पारस खड्काले अर्धशतक पूरा गर्दै एक दिवसीयमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बन्न सफल भएका छन् । उनले नेदरल्याण्डसविरुद्धको खेलमा ५१ रन बनाएका थिए ।
यस्तै उनले आज व्यक्तिगततर्फ पनि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । यो रेकर्ड बनाउनका लागि उनले सोमपाल कामीलाई पछि पारे । सोमपालले पनि नेदरल्याण्डस्विरुद्धको खेलमा ६१ रन बनाएका थिए ।
यस्तै उनी एक दिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् । उनले १८० रन पार गरिसकेका छन् ।