डिफेण्डिङ च्याम्पियन थ्री स्टार क्वाटरफाइनल खेलबाटै बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १५, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

माघ १५, सुनसरी । थ्री स्टार क्लब मदन भण्डारी स्मृति इटहरी गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ। सोमबार भएको तेसो र क्वाटर फाइनलमा त्रिभुवन आर्मीसँग पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित हुँदै डिफेण्डिङ च्याम्पियन थ्री स्टार क्वाटरफाइनल खेलबाटै बाहिरिएको हो।

हिजाेको जीत सँगै सेमिफाइनलमा स्थान पक्का गरेको आर्मीले गत संस्करणको गोल्डकपको सेमिफाइनलमा थ्रीस्टारसँग ब्योहोरेको हारको बदला समेत लिएको छ। निधारित समयमा दुबै टिमबाट एक एक गोल भएपछि खेलको निर्णय टाइ ब्रेकरबाट लिइएको हो।

त्यसअघि खेलको ५८ औ मिनेटमा कप्तान भरत खवासको गोलबाट अग्रता लिए पनि त्यसको १३ मिनेटपछि थ्री स्टारका अनन्त तामाङले गोल गरेपछि बराबरी भएको हो। टाई ब्रेकरमा थ्री स्टारका बिक्रम लामाले गोल गरे। रन्जित धिमाल र बुद्ध लिम्बुको प्रहार आर्मीका गोल किपर बिकेश कुथुले उत्कृष्ट बचाउ गरे। रुपेश केसीको प्रहार बाहिरियो।

आर्मीका कप्तान भरत खवास, सन्तोष तामाङ र बिवेक बस्नेतले गोल गरे। दीप लामा र पदम तामाङको प्रहार बाहिरियो। आर्मीको जितमा गोलकिपर बिकेश कुथु नायक बने। उनले थ्री स्टारका कप्तान बिक्रम लामा बाहेक तीन जना खेलाडीको प्रहार उत्कृष्ट रुपमा बचाए।

म्यान अफ द म्याच घोषित आर्मीका गोलकिपर बिकेश कुथुले नगद १० हजार रुपैयाँ र ट्रफि हात पारे। प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुँदैछ। प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा हुने क्रममा मंगलबार सिएफसी क्लब भुटान र बिभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिता शनिबारसम्म चल्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस