अतिरिक्त समयसम्म खेल्नु पर्‍यो, अनि भयो तीन गोल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ २४, बिहिबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौं । साबिक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई कूप डू फ्रान्स फुटबलको अन्तिम १६ अन्तर्गतको खेलमा जितका लागि अतिरिक्त समयसम्म खेल्नु प¥यो, त्यो पनि तेस्रो डिभिजनको क्लबसँग ।

कूप डू फ्रान्स अन्तर्गत बुधबार राति अवे मैदानमा भएको खेलमा पिएसजीले भिएलफ्रान्चलाई ३–० ले हराएर अघिल्लो चरणमा स्थान पक्का गरेको छ ।

निर्धारित समयमा पिएसजीले भिएलफ्रान्चलाई दबाबमा राख्यो तर गोलको अवसरलाई सदुपयोग भने गर्न सकेन । दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलियो ।

थप गरिएको समयमा भने पिएसजीले तीन गोल गर्न सफल भयो । उसका लागि १०२ औँ मिनेटमा ड्रेक्सलर, ११३ औँ मिनेटमा डिएबी तथा ११९ औँ मिनेटमा एडिन्सन काभानीले गोल गरे ।

लगातार चार सिजन उपाधि जित्दै आएको पिएसजीका केलियन एमबाप्पे र काभानी दोस्रो हाफमा मैदान आएका थिए । अर्का स्टार खेलाडी नेइमार चोटका कारण मैदान बाहिर छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस