ब्राजिलको क्लबमा आगलागी हुँदा १० फुटबल खेलाडीको मृत्यु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ २६, शनिबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

माघ २६,काठमाडौँ । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ ।

क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस