महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडाैं । प्रदेश नम्बर १ स्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

फागुन ७ गतेबाट सोलुखुम्बुको दोर्पुबजारमा रहेको योङ स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगितामा बिहीबार सखुंवासभा, सुनसरी, सोलुखुम्बु र ओखलढुंगा सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

बिहीबार भएको क्वाटरफाइनलको पहिलो खेलमा सखुंवासभाले खोटाङलाई ३–० को सोझो सेटमा पराजित गर्याे भने दोस्रो खेलमा सुनसरीले उदयपुरलाई ३–२ को सेटले हरायो ।

तेस्रो खेलमा सोलुखुम्बुले मोरङलाई ३–० को सोझो सेटमा र चौथो खेलमा ओखलढुगांले झापालाई ३–२ को सेटले पराजित गरेको रेफ्री बिनय राईले जानकारी दिनुभयो ।

लिग कम नक आउटको आधारमा खेलाइएको खेलमा प्रदेश नम्बर १ का चौधै जिल्लाका महिला भलिबल टिमको सहभागिता रहेको थियो । ६ जिल्लाका खेलाडी लिग चरणबाटै बाहिरिएका थिए भने ४ जिल्लाका खेलाडी क्वाटरफाइनलबाट बाहिरिएका छन् ।

प्रतियोगितामा सेमिफाइनलका खेलहरु शुक्रबार हुनेछन् । शुक्रबार हुने सेमिफाइनलको पहिलो खेलमा सखुंवासभाविरुद्ध सोलुखुम्बु भिड्ने छ । त्यस्तै दोस्रो खेलमा ओखलढुंगा र सुनसरीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल क्वाटरफाइनल देखिनै बेस्ट अफ फाइभको आधारमा खेलाइएको जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस