आहा रारा गोल्डकपः एपीएफ सेमिफाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १२, आईतबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन १२,काठमाडौँ । पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।

मनाङ मस्र्याङ्दी क्लबलार्ई १–० गोल अन्तरले हराउँदै एपीएफ अघि बढेको हो । पहिलो हाफ दुवै तर्फबाट गोलरहित बराबरी भएको खेलमा दोश्रो हाफमा एपीएफका प्रदिप लामाले गोल गरेका थिए ।

खेलको ७० औं मिनेटमा गोल गरी जित दिलाएका प्रदिप लामा नै म्यान अफ द म्याच घोषित भएका छन् ।

उनले नगद ५ हजारसहित ट्रफी प्राप्त गरे । आइतबारको खेल लिग त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच दिउँसो २ बजेपछि हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस