रियल मड्रिडलाई भिएआर पेनाल्टीले जितायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण तर महत्वपूर्ण जित निकालेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–१ ले हराएको हो ।

यो खेलको अन्तिम समयतिर दुवै टिम १० खेलाडीमा सीमित भएका थिए । ८६ औँ मिनेटमा नाचो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भयो ।

८८ औँ मिनेतमा रोचिना दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेभान्टे १० खेलाडीमा सीमित भयो । त्यसअघि नै दुवै तर्फबाट गोल भएका थिए ।

४३ औँ मिनेटमा पाएको पेनाल्टीमा करिम बेन्जिमाले गोल गरेका हुन् । रोजर मार्टीले ६० औँ मिनेटमा लेभान्टेका लागि बराबरी गोल फर्काए ।

७८ औँ मिनेटमा रियल मड्रिडले पेनाल्टी पायो र ग्यारेथ बेलले त्यसमा गोल गरे । दुवै पेनाल्टी रियल मड्रिडले भिएआर मार्फत पाएको हो ।

जितपछि तेस्रो स्थानको रियल मड्रिडको २५ खेलबाट ४८ अंक भएको छ । उ दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा दुई तथा शीर्षस्थानको बार्सिलोना भन्दा ९ अंकले पछि छ ।

ताजा अपडेट

खोजी गर्नुहोस