तिलोत्तमा गोल्डकप फुटवलको उपाधि दाउफिन्स क्यामरुनलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन १३,काठमाडौँ । बुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकप फुटवलको उपाधि पाहुना टोली दाउफिन्स क्यामरुनले जितेको छ ।

चार पटकको विजेता नेपाल पुलिस क्लबलाई सडेन डेथमा १-० ले स्तव्ध बनाउँदै दाउफिन्सले तिलोत्तमा गोल्डकपको उपाधि पहिलो पटक उचाल्न सफल भएको हो ।

उपाधिसँगै दाउफिन्सले ८ लाख ८० हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको नेपाल पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दाउफिन्सलाई पुलिसले दबाबमा राखेको थियो । खेल अवधिभर बल आफ्नो कब्जामा राखे पनि पुलिसले गोल भने प्रहार गर्न नसकेपछि खेल सडेन डेथसम्म पुगेको थियो ।

निर्धारित समयमा दुपै टोलीले गोल गर्न नसकेपछि टाइबेकरमा धकेलिएको खेलमा दुवैले समान पाँच-पाँच गोल गरे ।

टाइबेकरमा पनि नतिजा ननिस्केपछि खेल सडेन डेथमा पुगेको हो । सडेन डेथको पहिलो प्रहार पुलिसका तेज तामाङ्गले गोलमा परिणत गर्न नसक्दा पुलिस पराजित हुन पुग्यो ।

दाउफिन्सका नियाले वलले बलले जाली चुमाएसँगै टिमलाई जित दिलाउन सफल भए । दाउफिन्सले यसअघि मनकामना केबल कार पोखरा कप र रेडबुल बुढासुब्वा गोल्डकपको उपाधि जितिसकेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी रुपन्देही ११ का आशिस गुरुङ्ग घोषित हुँदै स्कुटर पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट र रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसी कुमारले पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।

यसै वर्षदेखि नेपालमा आयोजना हुने फुटबल प्रतियोगितामा सहभागी हुँदै आएको दाउफिन्सले यो सँगै तीन वटा प्रतियोगितामा जित हात पारेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस