फागुन १४,पोखरा । पोखरामा चलिरहेको १७ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दाउफिन्स फेमिली क्लब क्यामरुन सेमिफाइनल प्रवेश गरेको छ ।
नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो । दाउफिन्सको लागि खेलको ३७ औँ मिनेटमा वियिक वियिक आन्द्रे थियरीले गोल गर्दै टिमलाई १–० गोलले अग्रता बनाएको थियो ।
दाउफिन्सको अग्रता ९० मिनेटसम्म कायम नै रहेको थियो तर खेलमा थप गरिएको ४ मिनेटको तेश्रो मिनेटमा पुलिसका सुमन सुवेदीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । १०(१० मिनेट थप गरी खेलाइएको खेलको पहिलो हाफको ५ औँ मिनेटमा नै नेदेम्वा ओवनाले गोल गरी खेल २–१ को स्थितिमा पुर्याएका थिए । त्यसपछि बाँकी समयमा पुलिसले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल २–१ ले दाउफिन्सलाई सुम्पिएको हो ।
दाउफिन्स फेमिली क्लबका वियिक वियिक आन्द्रे थियरी म्यान अफ् द म्याच भएका छन् । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
बुधबार पहिलो सेमिफाइनल खेल थ्रीस्टार क्लब र एपीएफ क्लबबीच दिउँसो २।३० बजे पोखरा रंगशालामा हुनेछ ।