फागुन १८, पोखरा । पोखरामा चलिरहेको १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको फाइनलमा शनिवार त्रिभुवन आर्मी क्लब र रुस्लान थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
आर्मीले क्यामरुनको दाउफिन्सलाई १–० र थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
फाइनल खेल शनिबार दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई स्कूटर, वेस्ट अफ् फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ ।
यस्तै सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी दिइनेछ ।