चेल्सीद्वारा प्रतिबन्ध हटाउन फिफासँग अपिल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २२, बुधबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २२,काठमाडौँ । इङ्लिस फुटबल क्लब चेल्सीले खेलाडी किनबेचमा लागेको २ बर्षको प्रतिबन्ध हटाउन विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग अपिल गरेको छ ।

युवा खेलाडी अनुबन्ध गर्दा फिफाको नियम तोडेको भन्दै फिफाले चेल्सीलाई दुई साता अघि २ बर्षको प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्धअनुसार प्रिमियर क्लब चेल्सीले सन् २०२० सम्म खेलाडी किनबेच गर्न पाउने छैनन् ।

यही प्रतिबन्ध हटाउन चेल्सीले हिजो फिफासँग औपचारिक अपिल दर्ता गरेको हो ।

चेल्सीले युवा खेलाडी अनुबन्ध गर्दा १८ बर्ष मुनिका विदेशी खेलाडी अनुबन्ध गरेको कारण प्रतिबन्ध लगाईएको फिफाले जनाएको छ ।

खेलाडी किनबेचमा प्रतिबन्धसँगै फिफाले चेल्सीलाई ४६ करोड पाउण्ड जरिवाना समेत गरेको छ ।

यो प्रकरणमा फिफाले इङ्लिसस फुटबल संघलाई समेत ३९ करोड पाउण्ड जरिवाना गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस