पाँचौँ महिला साफ फुटबल मङ्गलबारदेखि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २६, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फागुन २६, विराटनगर । पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ ।

शहीद रङ्गशालामा हुने सो प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ । प्रतियोगितामा भाग लिन भूटानको टोली आइतबार विराटनगर आइपुगेको छ । सो टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस