जिनेदिन जिदान फेरि रियल मड्रिडमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । स्पेनिस जाइन्ट रियल मड्रिड छोडेको १० महिनापछि जिनेदिन जिदान फेरि क्लबको प्रशिक्षकका रुपमा फर्किएका छन् ।

रियल मड्रिडलाई लगातार तीन सिजन च्याम्पियन्स लिग फुटबलको उपाधि दिलाएका जिदानले गएको सिजन युरोपियन च्याम्पियन बनेको केही दिनपछि राजीनामा दिएका थिए ।

त्यसकाे केही महिनापछि रियल मड्रिडको जिम्मा सान्टियागो सोलारीले पाए । सोलारीको प्रशिक्षणमा रियल मड्रिडले खासै राम्रो गर्न सकेन । सबैभन्दा ठूलो धक्का लगातारको युरोपियन च्याम्पियन रियल मड्रिड यो सिजन अन्तिम १६ बाटै बाहिरियो ।

त्यसपछि क्लबले प्रशिक्षकको विकल्प खोजेको हो, त्यसमा सबैभन्दा उत्तम विकल्प बने जिदान । जिदानलाई क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले विशेष आग्रह गरेर फेरि प्रशिक्षकका नियुक्त गर्न सफल भएका हुन् ।

रियल मड्रिडले पाँच महिनाका प्रशिक्षक सोलारीलाई बर्खास्त गरि जिदानलाई नियुक्त गरेको हो । रियल मड्रिडका पूर्व मिडफिल्डर जिदान उत्कृष्ट प्रशिक्षक पनि साबित भएका छन् । ४६ वर्षका जिदानले गएको मेमा क्लब छोडेका थिए ।

जिदानले रियल मड्रिडसँग सन् २०२२ सम्मको सम्झौता गरेका छन् । क्लबका अध्यक्ष पेरेजले भनेका छन्, ‘विश्वका उत्कृष्ट प्रशिक्षकले क्लब फेरि जोइन गरे । नियती हामीलाई फेरि एकपटक एकीकृ बनाएको छ ।’

रियल मड्रिड गएको मंगलबार भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा अजाक्ससँग ४–१ ले पराजित हुँदै च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो ।

पछिल्लो तीन सिजन लगातार उपाधि विजेता बनेको रियल मड्रिड पछिल्लो २२ वर्षमा पहिलोपटक अन्तिम १६ बाटै बाहिरिएको हो ।

ला लिगामा पनि क्लब तेस्रो स्थानमा छ । ला लिगामा रियल मड्रिड अहिले शीर्षस्थानको बार्सिलोना भन्दा १२ अंकले पछि रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस