पीएएसल खेलेर स्वदेश फर्कँदै सन्दीप

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) खेलेर सन्दीप लामिछाने मंगलबार काठमाण्डाै आउने भएका छन् ।

लाहोर कलन्दर्सबाट खेलेका सन्दीपले टिमका १० खेलमध्ये सात खेलमा सहभागिता जनाए । अस्ट्रेलियामा भएको बिग ब्याशको फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई आएका थिए ।

यूएईमा पाँच खेलेपछि पीएसएलका बाँकी खेल पाकिस्तानमा भएका थिए । जसका लागि पाकिस्तान आइपुगेका सन्दीपको टिम लाहोर साेमबार भएको अन्तिम खेलमा मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको थियो ।

मुल्तानविरुद्धको खेलमा २ ओभर मात्र बलिङ गरेका सन्दीपले २७ रन खर्चिए पनि विकेट भने लिन असफल भए । समग्रमा सात वटा खेलमा सहभागिता जनाएका सन्दीपले आफ्नो प्रतियोगिताभर ११ विकेट हात पार्न सफल भए ।

२३ तारिखदेखि आईपीएल सुरु हुने भएकाले मंगलबार काठमाण्डाै आएपछि एक-दुई दिनमा उनी भारत जाने छन् ।

आईपीएलमा उनी यस सिजनमा पनि दिल्लीबाट खेल्दैछन् । सन्दीप मंगलबार दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस