फागुन २८,इलाम । नेपाल पुलिस क्लब इलाममा जारी ‘अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार इलामको ठूलो टुँडिखेलमा भएको पहिलो क्वार्टरफाइनल खेलमा दार्जिलिङ युनाइटेड क्लबलाई २–१ ले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
पुलिसका लागि सौजन्य याख्खा राई र भरत शाहले एक/एक गोल गरे । दार्जिलिङको तर्फबाट करण राईले एक गोल फर्काए ।
खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका सौजन्य घोषित भए । सोवापत उनले १० हजार रुपैयाँ पाए ।
प्रतियोगिताअन्तर्गत् बुधबार थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।