म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै २१ वर्षपछि सेमिफाइनलमा वुल्भ्स

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ३, आईतबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

चैत ३, काठमाडौँ । नचेस्टर युनाइटेडलाई पाखा लगाउँदै वुल्भ्सले एफए कप फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

एफए कप अन्तर्गत शनिबार राति भएको क्वाटरफाइनलमा भ्रमण टोली म्यानचेस्टर युनाइटेडमाथि २–१ को जित निकाल्दै वुल्भ्सले पछिल्लो २१ वर्षमा पहिलो पटक सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

पहिलो हाफमा गोलरहित भएको खेलमा दुवै तर्फबाट दोस्रो हाफमा गोल भएको हो । ६ मिनेटको बिचमा भएको दुई गोलले वुल्भ्सलाई ऐतिहासिक जित दिलाएको हो ।

वुल्भ्सका लागि ७० औँ मिनेटमा राउल खिमेनेज र ७६ औँ मिनेटमा डियोगो योटाले गोल गरे । युनाइटेडका लागि इन्जुरी समयको पाँचौँ मिनेटमा मार्कस रार्सफोर्डले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

सन् २००३ यता पहिलो पटक क्वाटरफाइनल खेलेको वुल्भ्सले पछिल्लो २१ वर्षमा पहिलो पटक सेमिफाइनल खेल्ने भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस