अजरबैजानमाथि क्रोएसियाको संघर्षपूर्ण जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत ८, काठमाडौँ । फिफा विश्वकप २०१८ को उपविजेता क्रोएसियाले तुलनात्मक रुपमा कमजोर अजरबैजानमाथि २-१ को संघर्षपूर्ण जित दर्ता गरेको छ ।

खेलको १९ औं मिनेटमा रमिल सेयादेवले गोल गरेपछि घरेलु मैदानमा क्रोएसिया पछाडी परेको थियो । पहिलो हाफको अन्तिम समयमा बोर्ना बारिसिचले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको नियमित समयको ११ मिनेट बाँकी रहँदा आन्द्रे क्रामारिचले गोल गर्दै क्रोएसियालाई पहिलो खेलमा ३ अंक दिलाए ।

समूह ‘ई’ कै अर्को खेलमा स्लोभाकियाले हंगेरीलाई २(० ले पराजित गर्यो । स्लोभाकियाको जितमा ओन्रेज डुडा र अल्बर्ट रुस्नाकले १(१ गोल गरे । यसै समूहमा रहेको वेल्सले भने कुनै खेल खेलेन ।

ताजा अपडेट

खोजी गर्नुहोस