साफ महिला च्याम्पियनसीप : हारको श्रृङ्खला रोकिएन् , फेरी बन्यो भारत बाधक !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र ८, शुक्रबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ८,विराटनगर । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपना तुहिएको छ । यसपाली पनि नेपालको लक्ष्यमा भारत बाधक बनेको छ ।

विराटनगरको शहिद रंगशालामा शुक्रबार भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले पाँचौँ पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो ।

घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, २३ औं मिनेटमा भारतकी डालिमा छिब्बरले फ्रिकिकमा उत्कृष्ट गोल गरिन् ।

त्यसको १० मिनेटपछि साबित्रा भण्डारीले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा फर्काइन् ।

तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस