आईपीएल: गेलको सानदार अर्धशतक, पञ्जावदारा राजस्थान पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १२, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

चैत १२, काठमाडौँ । ओपनर क्रिस गेलले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा किंग्स इलाभेन पञ्जावले राजस्थान रोयल्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । पञ्जावका लागि ओपनर क्रिस गेलले उत्कृष्ट ब्याटिङ गरे । १६ ओभरको पाँचौ बलमा बेन स्ट्रोक्सले राहुल त्रिपाठीबाट क्याच गराउनु अघि गेलले ४७ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ७९ रनको महत्वपूर्ण योगदान दिए ।

ओपनर केएल राहुल ४,मयंक अग्रवाल २२ रनामा आउट भए । सरफराज खानले २९ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४६ रनमा अविजित रहे । निकोलस पुरन १२ रन जोडे । राजस्थानका लागि बेन स्ट्रोक्सले ४ ओभरमा ४ रन खर्चेर २ विकेट लिए । त्यस्तै धवन कुलकर्णी र कृष्णप्पा गौतमको नाममा समान एक विकेट रह्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस