कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १२, मंगलबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैैत १२, काठमाडौँ । कुवेतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दुई खेल खेल्न कुवेत गएको नेपालले पहिलो खेल गोलरहित बराबरीमा सकाएको थियो । दोस्रो खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भयो ।

कुवेतलाई जित दिलाउनका लागि युसुफ नासरको एकमात्र गोल निर्णायक बनेको थियो । खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले डिबक्सभित्र विपक्षी खेलाडीलाई फल गरेपछि कुवेतले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नासरले गोलमा परिणत गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।

बाँकी समयमा गोल हुन नसक्दा नेपाल पराजित भयो । खेलमा नेपाल कुवेतसँग दबाबमा देखिएको थियो । नेपाली टिमको सेटअपदेखि फिटनेससम्म कमजोर थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस