बेन्जिमाको गोलमा रियल मड्रिड विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र १८, सोमबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत १८, काठमाडौं । । स्पेनिस ला लिगा फुटबलको रोमाञ्चक खेलमा रियल मड्रिड विजयी बनेको छ । आईतबार राति भएको खेलमा रियलले ह्युस्कालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा करिम बेन्जिमाले खेल सकिन एक मिनेट अगाडी विजयी गोल गरे ।

रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने ह्युस्काले लिएको थियो । तेस्रो मिनेटमै जुआन क्यामिलो हर्नाल्डेजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । २५ औ मिनेटमा ईस्कोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

६२ औ मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै पुन रियललाई अग्रता दिलाएपनि ७४ औ मिनेटमा जाबियार एटक्सिटाले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ बेन्जिमाले गोल गर्दै रियललाई तीन अंक दिलाए ।

रियलको मुख्य प्रशिक्षकमा आएपछि जिनेदिन जिदानले दुवै खेलमा जित निकाल्न सफल भएका छन् । रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडी छ ।

तेस्रो स्थानको रियलले ५७ अंक जोडेको छ । ह्युस्का २२ अंक सहित तालिकाको पुछारमा छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस