‘ह्वाइट हर्ट लेन’ : उद्घाटन खेलमा टोटेनहम विजयी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र २१, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत २१, काठमाडौँ ।  इंग्लिश क्लब टोटेनहमले नयाँ रंगशाला ‘ह्वाइट हर्ट लेन’ को उद्घाटन गरेको छ । टोटेनहमले बुधबार राति एक समारोहकाबीच नयाँ रंगशालाको उद्घाटन गरेको हो ।

निकै आधुनिक र उच्च प्रविधिबाट निर्माण गरिएको नयाँ रंगशाला सन् २०१७ बाट निर्माण गर्न थालिएको थियो । टोटेनहमले यस रंगशाला निर्माणका लागि १ बिलियन डलर खर्च गरेको थियो । घरेलु मैदानको निर्माणसंगै टोटेनहमले इंग्ल्यान्डको राष्ट्रिय रंगशाला वेम्बलीलाई घरेलु मैदानको रुपमा प्रयोग गर्दै आएको थियो ।

लिग अन्तर्गत क्रिष्टल प्यालेसविरुद्ध खेल्दै टोटेनहमले नयाँ घरेलु मैदानको उद्घाटन गरेको हो । नवनिर्मित रंगशालाको उद्घाटन खेलमा टोटेनहमले क्रिष्टललाई २-० ले हराएको छ ।

टोटेनहमलाई जित दिलाउन ह्युंग मिन सन र क्रिस्टियन एरिक्सनले एक एक गोल गरे।

जितसंगै तेस्रो स्थानको टोटेनहमले ३२ खेलबाट ६४ अंक जोडेको छ । ३६ अंक जोडेको क्रिस्टल १३ औं स्थानमा छ ।एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस