नेपालको ऐतिहासिक सफलता: महिला भलिबललाई ‘फेयर प्ले’को अवार्ड

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र २३, शनिबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

चैत २३, काठमाडौँ । नेपालको यु-१५ महिला भलिबल टिमले क्रोएसियामा जारी आइएसएफ वल्र्ड यु–१५ महिला भलिबल प्रतियोगितामा फेयर प्लेको ट्रफी जित्न सफल भएको छ ।

पहिलो पटक उमेर समुहको विश्व स्तरीय प्रतियोगितामा सहभागिता जनाएको नेपालले ऐतिहासिक सफलता हासिल गरेको हो ।

नेपाली टिमले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै फेयर प्लेको अवार्ड जित्न सफल भएको नेपाली टिमको नेतृत्व गरेका नेपाल विद्यालय खेलकुद महासंघका मासचिव राजकुमार कार्कीले बताए ।

नेपाल पहिलो खेलमा नेदरल्याण्डको टिमसंग २–० को सेटमा पराजित भएको थियो ।

त्यस्तै दोस्रो खेलमा ऐतिहासिक जित निकाल्ने क्रममा अजरबैजानलाई २–१ ले हराएको थियो ।

प्रतियोगितामा सहभागिता जनाउन खेलाडी सहितको १४ सदस्यीय टोली गत साता क्रोएसिया प्रस्थान गरेको थियो ।

नेपालको विद्यालयस्तरीय टिम न्यु डायमण्डले देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस