शीर्ष स्थानमा लिभरपुलको ‘कमब्याक’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र २३, शनिबार (६ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

चैत २३, काठमाडौँ । लिभलपुल ईङलिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ । आईतबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३–१ गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहा पुन एक पटक नायक बने । एकल प्रयासमा गोल गर्दै उनले लिभरपुलको जितको बाटो तय गरेका थिए ।

घरेलु टोलीले खेलको नवौँ मिनेटमा साने लङको गोलबाट खेलमा अग्रता बनाएको थियो । लिभरपुलका नाबी केईटाले ३६ औ मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

सलाहले ८० औ मिनेटमा लिभरपुलका लागि गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

खेल सकिन ४ मिनेट अगाडी जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुुलको जित सुनिश्चित गरे ।

शीर्ष स्थानमा फर्किएको लिभरपुलले ३३ खेलबाट ८२ अंक जोड्यो ।

दोस्रो स्थानको म्यानचेष्टर सिटीको ८० अंक छ ।

साउथह्याम्टन ३३ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान माथि छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस