चैत्र २४,काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको सेमिफाइनल खेलमा ब्राइटनलाई १–० गोलको संघर्षपूर्ण जित निकाल्दै सिटी एफए कपको फाइनलमा पुगेको हो । सिटीको जितमा गाब्रियल जिससले निर्णायक गोल गरे ।
खेलको तेस्रो मिनेटमा उनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै बल आफ्नो नियन्त्रणमा लिएको सिटीले पहिलो हाफमा १–० गोलको बराबरी खेलेको थियो ।
दोस्रो हाफमा ब्राइटनले राम्रो प्रदर्शन गर्दै सिटीलाई गोल गर्न दिएन तर गोल फर्काउन नसक्दा ब्राइटन १–० ले पराजित हुन पुग्यो । हारसँगै ब्राइटनले फाइनल पुग्ने राम्रो अवसर पनि गुमाएको छ ।
सिटीले अब उपाधिका लागि वुल्भ्स र वाटफोर्डबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।