टोटनहमद्धारा सिटी पराजित, नायक बने सन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौँ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा टोटनहम हट्सपरले म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ।

टोटनहमको मैदानमा मंगलबार राति भएको खेलमा सन हुङ्ग मिनको निर्णायक गोलमा साविकको प्रिमियर लिग विजेता सिटीमाथि टोटनहमले सफलता पाएको हो।

७८औं मिनेटमा सनले क्रिस्टियन इरिक्सनको पासमा निर्णायक गोल गरेका थिए। टोटनहमको नयाँ मैदानमा भएको खेलको दोस्रो हाफमा भने कप्तान ह्यारी केनले घुडाँमा चोट लागेपछि मैदान छाडेका थिए।

च्याम्पियन्स लिगको अर्को क्वार्टरफाइनलको पहिलो लेगमा भने लिभरपुलले एफसी पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस