राष्ट्रिय खेलकुदमा आज ९ खेल

Post Thumbnail

चैत ३०, काठमाडौँ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज (शनिबार) ९ खेल हुदैछ ।

शनिबार बर्दियाको बाँसगढीमा कबड्डीका खेल सुरु हुनेछ भने नेपालगञ्जको ज्ञानोदय माविमा बक्सिङका खेलले निरन्तरता पाउनेछ ।

घोराहीको कभर्डहलमा टेबल टेनिसका खेल शनिबार सञ्चालन हुनेछन् । शुक्रबारको खेलमा मिक्स डबल्समा श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडीले स्वर्ण जितेको थियो ।

शनिबार बर्दियाको बाँसगढीमा महिला पुरुषको कबड्डीका खेल सूरु हुने राखेप प्रचार प्रसार उपसमितिले जनाएको छ ।

दाङमा पुरुष बास्केटबलको खेल शनिबार समेत जारी रहनेछ । महिलाका खेल आजैबाट सुरु हुनेछन् ।

बर्दियामा बुद्विचालको खेल सञ्चालन हुनेछ । शुक्रबारको खेलमा पुलिसका मदन कृण्ण कायश्थ र महिलामा सुजना लोहनीले स्वर्ण जितेका थिए ।

नेपालगञ्जमा सञ्चालन भईरहेको हक्कीमा शनिबारबाट महिलाका खेल सुरु हुनेछन् । पुरुष हक्कीमा पुलिस र प्रदेश नम्बर ५ ले लगातार दुई जित निकालेका छन् ।

ललितपुरमा स्क्वास र बुटबलमा लनटेनिसका बाँकी खेल सञ्चालन हुनेछ ।

नेपालगञ्जमा फेन्सिङको खेल शनिबार समेत जारी रहनेछ । शुक्रबारसम्म फेन्सिङमा चार स्वर्णको टुङ्गो लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस