बैशाख १, काठमाडौँ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले पहिलो जित निकालको छ । जारी प्रतियोगितामा लगातार ६ खेलमा पराजित भएको विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरले किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गरेको हो ।
पञ्जाबले दिएको १७४ रनको लक्ष्य बैंग्लोरले १९।२ ओभरमा २ गुमाएर भेटाएको थियो । बेंग्लोरलाई जिताउन कप्तान कोहली र एबी डेभिलियर्सले उत्कृष्ट साझेदारी गरेका थिए । कोहलीले ६७ रन बनाउँदा, पार्थिक पटेल १९ रनमा आउट भएका थिए । कोहली आउट भएपछि क्रिजमा आएका मार्कस स्टुनिसले डेभिलिययर्ससँग मिलेर बैंग्लोरलाई पहिलो जित दिलाए ।
डेभिलियर्स ५९ रनमा नट आउट रहँदा स्टुनिस पनि २८ रनमै नट आउट रहेका थिए । पञ्जाबका लागि क्रिस गेलले नट आउट ९९ रन बनाए पछि निर्धारित ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो । गेलले जीवन दान पाएपछि अन्तिमसम्म नट आउट रहे ।
९९ रनको पारि खेल्दा गेलले ५ छक्का तथा १० चौका प्रहार गरेका थिए । मन्दीप सिंह १८ रनमा नट आउट रहँदा केएल राहुल पनि १८ रनमा आउट भए । यसैगरी बेंग्लोरका युजबेन्द्र चहलले २ विकेट लिए ।