हक्कीमा नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १, आईतबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौँ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्की प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान भएको खेलमा नेपाल आर्मीलाई २–१ ले पराजित गरी नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ३० सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरे भने ५० औँ निमेटमा प्रहरीकै सागर आचार्यले अर्को गोल थपे। कडा प्रतिष्पर्धात्मक खेलमा आर्मीका दीपेन्द्र ऐरले एक गोल मात्र गरे।

त्यसैगरी आइतबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० गोलले पराजित गरेको छ। प्रदेश ३ का प्रेम विकले खेलको ५३ औँ मिनेटमा र ५७ औँ मिनेटमा प्रदीप नेपालीले गरेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए।

बेलुकी प्रदेश १ र सुदूरपश्चिम प्रदेश बीच खेल हुने भएको छ। महिला हक्कीमा गण्डकी प्रदेशको विजयी सुरुवात आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत शुक्र मावि खजुरामा आइतबार भएको महिला हक्की खेलमा गण्डकी प्रदेश विजयी भएको छ।

प्रदेश १ लाई ४–० गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको हो। खेलको सुरुवातदेखि नै प्रदेश १ लाई दवावमा राखे पनि गण्डकी प्रदेशले पहिलो क्वार्टरमा गोल गर्न सकेन। दोस्रो क्वार्टरको खेल सुरु हुनासाथ गण्डकी प्रदेशकी मीना परियारले गोल गरेर आफ्नो टिमको खाता खोलिन्।

त्यसैगरी खेलको ४३ औँ मिनेटमा गण्डकी प्रदेशकी देवकी विकले अर्को गोल गरेर अग्रता दिलाइन्। गण्डकी प्रदेशकी कमला राणाले ४० औँ र ४५ औँ मिनेटमा गोल गरिन्। खेलमा गण्डकी प्रदेशले ६ र १ नं। प्रदेश एउटा पेनाल्टी कर्नर पाएका थिए। बेलुकी प्रदेश ३ र सुदूरपश्चिम प्रदेशबीच खेल हुने छ।

ताजा अपडेट

खोजी गर्नुहोस