बैशाख ३, काठमाडौँ । आइसीसी यू–१९ विश्वकप छनौटअन्तर्गतको खेलमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ ।
नेपाली टोलीले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.२ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र बनायो ।
नेपालका लागि पवन सर्राफले ३, सूर्य तामाङ र प्रतिश जीसीले ले २/२, कमल सिंह, भीम सार्की र कुशल मल्लले एक/एक विकेट लिएका छन् ।
कप्तान रोहित पौडेलले ८१ बलमा ७५ रन जोडेपछि नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको थियो ।नेपाली टोलीले ४३.२ ओभरमा अलआउट हुँदै २२९ रन बनाएको हो ।