युभेन्ट्स ‘आउट’, अजाक्स सेमिफाईनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा ईटालियन महारथी युभेन्ट्सविरुद्व सनसनीपुर्ण जित निकाल्दै डच क्लब अजाक्स सेमिफाईनल प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा अजाक्सले युभेन्ट्सलाई २–१ ले पराजित गर्दै समग्रमा ३–२ को नतिजा सहित सेमिफाईनल यात्रा तय गरेको हो ।

पाँच पटक च्याम्पियन्स लिगको उपाधि जितेका रोनाल्डो यस सिजन क्वार्टरफाईनलबाटै घर फर्कन बाध्य हुन प¥यो ।

उनले रियल मड्रिडबाट सो सफलता हात पारेका थिए ।

अन्तिम १६ को खेलमा उनकै नायकत्वमा युभेन्ट्सले अन्तिम ८ को यात्रा तय गरेको थियो । तर क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा गोल गरेपनि उनले टोलीलाई पार लगाउन सकेनन् ।

रोनाल्डोले कर्नर बलमा गाेल गर्दै घरेलु टोली युभेन्ट्सले २८ औ मिनेटमा खेलमा अग्रता बनाएको थियो ।

३४ औ मिनेटमा भान डि विकले गोल गर्दै अजाक्सका लागि बराबरी गोल फर्काए । तर युवा कप्तान डि लिग्टले ६७ औ मिनेटमा गोल गर्दै पाँच पटकका च्याम्पियन रोनाल्डोको टिमलाई क्वार्टरफाईनलबाटै घर फर्काए ।

अजाक्सले फाईनल प्रवेशका लागि म्यानचेष्ट सिटी र टोटेनहमबीचको विजेतासंग खेल्नेछ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस