बैशाख ४, काठमाडौँ । म्यानचेस्टर युनाइटेडलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा युनाइटेडलाई तीन शून्यले हराउँदै समग्रमा चार शुन्यको जित निकालेर बार्सिलोनाले अन्तिम चारमा स्थान बनायो ।
पहिलो लेगमा एक शून्यको अग्रता बनाएको बार्सिलोनालाई दोस्रो लेगमा तीन शून्यको जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलको १६ औं मिनेटमा मेस्सीको गोलमार्फत अग्रता बनाएको बार्सिलोनाले २० औं मिनेटमा मेस्सीले नै दोस्रो गोल गरे ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाका लागि ६१ औं मिनेटमा कोउन्टिन्होको गोलमार्फत तीन शून्यको सहज जित निकाल्यो ।
सन् २०१४–१५ को सिजनपछि बार्सिलोना पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।