यू-१९ विश्वकप छनोट : नेपालको अग्निपरिक्षा आज, कुवेतसँग कडा प्रतिस्पर्धा गर्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख ५, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख ५, काठमाडौँ । मलेसियामा जारी आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले आज (बिहिबार) कुवेतसंग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला ४ खेलमा ३ जित र १ हार व्यहोरेको नेपालले अन्तिम खेलमा कुवेतसंग खेल्न लागेको हो । नेपाल र कुवेतबीचको खेल बिहान ७:४५ मा सुरु हुनेछ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपाल कुवेतलाई हराएर विश्वकपमा छनोट हुने सम्भावना जीवित राख्न चाहन्छ ।

दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ । नेपाल शीर्ष स्थानको युएई भन्दा २ अंकले पछि रहेको छ । युएईको ८ अंक रहेको छ । कुवेतको पनि ६ अंक रहेको छ ।

तर, नेपालको विश्वकप यात्रा भने अन्य खेलमा भर पर्नु पर्नेछ । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्धको जितले मात्र पुग्ने छैन । नेपाललाई अन्य खेलको नतिजा आफु अनुकुल आउनु पर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस