सन्दीपको टिम दिल्ली शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १०, मंगलबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख १०, काठमाडौँ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

सोमबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । तर, दिल्लीले राजस्थानविरुद्धको खेलमा सन्दीपलाई प्लेईङ सेटमा राखेन् ।

जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले दिएको १९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए ।

यस्तै धवनले ५४ रन जोड्दा पृथ्वी शले ४२ रन बनाए । राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

राजस्थानका लागि अजिंका रहानेले १०५ रनको शतकीय इनिङ्स खेले । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए ।

दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा,क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिए ।

जितसंगै दिल्ली लिगको शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ ।

दिल्लीले चेन्नईलाई पछि पार्दै शीर्ष स्थान ओगेटेको हो । एक खेल कम खेलेको चेन्नईको पनि १४ अंक छ ।

पराजित राजस्थान पुछारबाट दोस्रो स्थानमा छ । राजस्थानले १० खेलमा ६ अंक जोडेको छ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस