मुम्बईसंग पुन: चेन्नई पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १४, शनिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्गसलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले पराजित गरेको हो ।

चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा मुम्बईले दिएको १५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७ ओभर ४ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ्य भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए । तर, टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै मिचेल स्टाननरले २२ तथा ड्वाने ब्राभोले २० रन बनाए । चेन्नईका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिंगाले ४ विकेट लिए । यस्तै कुर्नाल पाण्डया र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै इभिन लेविसले ३२ तथा हार्दिक पाण्डयाले अविजित २३ रन बनाए । क्विनटन डी कक १५ रनमा आउट हुँदा केइरन पोलार्डले अविजित १३ रन बनाए ।

चेन्नईका मिचेल स्टाननरले २ तथा दिपक चाहर र इमरान ताहिरले १/१ विकेट लिए ।

योसंगै शीर्ष स्थानको चेन्नई पुन: मुम्बईसंग पराजित भएको छ । यस सिजनको पहिलो भेटमा मुम्बईले चेन्नईलाई ३७ रनले हराएको थियो । जुन, चेन्नईको सिजनको पहिलो हार रहेको थियो ।

जितसंगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अंक जोडेको छ ।

पराजित चेन्नई १२ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस