नेइमारमाथि तीन खेलको प्रतिबन्ध, यस्तो छ कारण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १४, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले स्टार खेलाडी नेइमारमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी नेइमारमाथि युइएफएले युरोपियन प्रतिस्पर्धाका तीन खेलमा प्रतिबन्ध लगाएको हो ।

उनले च्याम्पियन्स लिग फुटबल अन्तर्गत म्यानचेस्टर युनाइटेडसँगको अन्तिम १६ को खेलपछि सामाजिक सञ्जालमा खेल पदाधिकारीको अपमान हुने गरि पोस्ट गरेका भन्दै युइएफएले प्रतिबन्ध लगाएको हो ।

नेइमारले अन्तिम १६ को दोस्रो लेगमा रेफ्री डामिर स्कोमिनाले भिएआर मार्फत म्यानचेस्टर युनाइटेडलाई दिएको पेनाल्टीको आलोचना गरेका थिए । पेनाल्टीको निर्णयले फुटबलकै अपमान गरेको भन्दै उनले पोस्ट गरेका थिए ।

भिएआरमार्फत दिइएको पेनाल्टीकै कारण पहिलो लेगमा २–० ले अग्रता लिएको पिएसजी दोस्रो लेगमा अवे गोलका आधारमा पछि परेको थियो ।

त्यो बेला चोटका कारण मैदान बाहिर रहेका नेइमारले दर्शकदीर्घाबाट खेल हेरेका थिए । नेइमारले आउँदो सिजन च्याम्पियन्स लिग समूह चरणका तीन खेल गुमाउने भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस