बैशाख १४, काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगीता राष्ट्रिय सभाको अध्यक्ष गणेश तिमल्सिनाद्वारा अस्कल क्याम्पसमा एक भब्य कार्यक्रम बिच उद्घाटन गरेका छन् ।
कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ ,महासचिव वचन देउजा सचिवद्वय ओम प्रसाईं,सीता लामा अनेरास्ववियुको केन्द्रीय महासचिव ऐन महर लगायत अन्य नेताहरुको सहभागीता थियो।कार्यक्रम अध्यक्षता नारायण घर्तीले गरेका थिए भने सन्चालन संजय दुवाडीले गरेका थिए ।
उद्घाटन खेलमा पोखरा बिश्वविद्यालय र अमृत साइन्स क्याम्पस बिच रोमान्चक खेल भएको थियो।
दोस्रो खेलमा हिमालयन ह्वाइटहाउस कलेज र जेभियर्स इ कलेज बिच भएको थियो भने उक्त खेल जेभियर्स इ कलेमा जेभियर्स इ कलेज बिजयी भएको थियो ।
तेस्रो खेल टाइम्स इ कलेज र त्रिचन्द्र कलेज बिच भएको थियोे उक्त खेलमा टाइम्स इ कलेज बिजयी भएको छ।खेल पहिलो चरणको लिग र दोस्रो चरण खेल नकाउट हुनेछ । खेल १९ गते सम्म चल्ने छ।