रोनाल्डोले गरे क्लबबाट ६०० गोल, मेस्सी दुई गोलले पछि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १५, आईतबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले क्लब फुटबलमा ६०० औँ गोल गरेका छन् । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसका लागि एक गोल गरेका रोनाल्डोले क्लब प्रतिस्पर्धामा ६०० गोलको आँकडा पूरा गरेका हुन् ।

अवे मैदानमा भएको खेलमा उपाधि विजेता बनिसकेको युभेन्टस इन्टर मिलानसँग १–१ को बराबरीमा रोकियो । सातौँ मिनेटमा राड्जा नाइगोलानको गोलबाट इन्टर मिलानले सुरुवाति अग्रता लियो । पहिलो हाफमा १–० ले पछि परेको युभेन्टसका लागि ६२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै बराबरी बनाएका हुन् ।

रोनाल्डोले युभेन्टसका लागि २७ तथा स्पोर्टिङ्ग लिस्बोनका लागि पाँच गोल गरेका छन् । म्यानचेस्टर युनाइटेडबाट ११८ गोल गरेका रोनाल्डोले रियल मड्रिडबाट ४५० गोल गरेका छन् ।

रोनाल्डोको खेल जीवनका क्लब फुटबलमा ६०० औँ गोल त्यहि दिन पूरा भयो जुन दिन मेस्सीले बार्सिलोनाबाट ५९८ औँ गोल गरे । मेस्सीले ला लिगा अन्तर्गत लेभान्टेलाई १–० ले हराउने क्रममा शनिबार राति गरेको गोल क्लबबाट उनको ५९८ औँ गोल हो । अर्थात क्लब गोलको आँकडामा मेस्सी रोनाल्डोना भन्दा मात्रै दुई गोलले पछि छन् । तर एउटै क्लबबाट धेरै गोल गर्ने भने मेस्सी नै हुन् ।

रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट ८५ गोल गरेका छन् ।

उपाधि जितिसकेको युभेन्टसको ३४ खेलबाट ८८ अंक भएको छ । तेस्रो स्थानको इन्टर मिलानको ६७ अंक छ । सिरी ए फुटबल अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा बोलोग्नाले इम्पाओलीलाई ३–१ तथा रोमाले काग्लिएरीलाई ३–० ले हराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस