एसीसी यू–१६ पूर्वीक्षेत्रीय क्रिकेटको उपाधि नेपालले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १५, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । नेपालले एसीसी यू–१६ पूर्वीक्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

थाइल्याण्डको चियाङमाईमा १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया १ बल बाँकी छँदै ८१ रनमा अलआउट भएपछि नेपालले ५९ रनको सहज जित निकालेको हो । मलेसियाका लागि मुहमम्द ऐमानले सर्वाधिक १८ तथा मुहमद अजामले १६ रन बनाउनुबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन् । शर्विन कगरेन्द्रनले ८ रन बनाउँदा सिदार्थ कात्तिकले ४ रन बनाए । लोकमान नुर हकिमले ५ रन जोड्दा अहमद अक्लाम ३ रनमा पभेलियन फर्किए ।

मलेशियाका खेलाडीलाई सस्तैमा समेट्न नेपालका बिशाल कुमार पटेलले सर्वाधिक ४ विकेट लिए । दिपक बोहराको नाममा ३ विकेट रह्यो । निखिल कुमार सिहं र कृष्ण कार्कीले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाएका थिए । ६७ बल खेलेका उनले ५ चौकाको सहयोगमा ४० रन बनाएका हुन् ।

त्यस्तै दीपक बोहराले २३ रन बनाउँदा विशाल विक्रम केसीले १७ तथा निखिल कुमार सिंहले १३ रन बनाए । मलेसियाका सचिनु हित्तेजले तीन विकेट लिएका थिए । जिनेंद्र मुर्रोले दुई तथा सिदार्थ कार्तिक, शर्विन कगरेन्द्रन, महोमद आर्सफल र अहमद अक्लामले समान एक एक विकेट लिए ।

नेपालले यसअघि मलेसियासँग समुह चरणमा पनि जित निकालेको थियो । हङकङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको नेपालले समुह चरणमा मलेशिया र सिगांपुरलाई पराजित गरेको थियो । म्यानमारलाई ७ विकेटले पराजित गरेको नेपालले मलेसियामाथि ३९ रनको जित निकालेको थियो । यस्तै थाइल्याण्डसँगको खेल वर्षाका कारण रद्द गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस