स्पेनिस ला लिगा फुटबल: रियल मड्रिड रायो भ्यालेकानोसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १६, सोमबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड रायो भ्यालेकानोसँग पनि पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियल मड्रिड कमजोर टिम भ्यालेकानोसँग उसैको मैदानमा १–० गोलअन्तरले पराजित भएको हो । भ्यालेकानोको जितमा एड्रियन इमबर्बाले गोल गरे ।

खेलको २३औं मिनेटमा नै भ्यालेकानोले पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै इमबर्बाले गोल गरेका हुन् । पहिलो हाफमा १–० गोलले पछि परेको रियल मड्रिडले दोस्रो हाफमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

हारसँगै लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिडको ३५ खेलबाट ६५ अंक छ । लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले यसअघि नै उपाधि जितिसकेको छ । बार्सिलोनाको ३५ खेलबाट ८३ अंक छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ७४ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस