आईपिएल क्रिकेट : हैदरावादसँग पन्जाव ४५ रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १७, मंगलबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

बैशाख १७,काठमाडौँ । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबलाई ४५ रनले पराजित गरेको छ । राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा हैदरावादले दिएको दुई सय १३ रनको फराकिलो लक्ष्य पछ्याएको पन्जाब निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६७ रनमा समेटिएको थियो ।

पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । मायांक अग्रवालले २७, निकोलस पुरनले २१, सिम्रन सिंहले १६ र डेभिड मिल्लरले ११ रन बनाए । बलिङमा हैदरावादका खलिल अहमेद र राशिद खानले समान तीन तीन विकेट लिए । सन्दीप शर्माले दुई विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय इनिङ खेले । उनले ८१ रन बनाए । मनिस पाण्डेले ३६, रिद्धिमान शाहले २८ र मोहमद नाभीले २० रन बनाए ।

बलिङमा पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले दुई दुई विकेट लिए । मुरुगन आश्विन र अक्षयदिप सिंहले एक एक विकेट लिएका थिए । जितसँगै १२ खेलबाट १२ नै अंक बनाएको हैदरावाद चौथो स्थानमा छ । हैदरावादले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । छैटौं स्थानमा रहेको पन्जावको १० अंक जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस