बैशाख १७,काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटर फाइनलको चरणमा ४ टिम बिच प्रतिस्पर्धा भएको छ ।
जसमा पहिलो खेल गोल्डेनगेट कलेज र ह्वावाइटहाउस कलेजको बिचको खेलमा गोल्डेनगेट कलेज बिजयी भएको छ । शंकरदेब कलेज र त्रिचन्द्र कलेज बिच भएको खेलमा शंकरदेब कलेज बिजयी भएको छ भने प्राइम कलेज र टाइम्स कलेज बिच भएको खेलमा टाइम्स कलेज बिजयी भएको छ ।
चौथो खेल अस्कल कलेज र जेभियर्स इ कलेजको खेलमा जेभियर्स कलेज बिजयी भएको छ। बुधबार सेमिफाइनलका खेल सुरु हुनेछ । १९ गते फाइनल खेल हुने छ। १९ गते एक भब्य कार्यक्रमबिच उपप्रधान एबं रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा बिजयी टिमहरुलाइ पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ । प्रथम पुरस्कर नगद राशी १ लाख ११ हजार ,द्वितीय पुरस्कार ५५ हजार ५ सय रहेको आयोजक कमिटीका सचिव सञ्जय दुवाडीले जानकारी दिए।