राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधी शंकरदेब क्याम्पसलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १९, बिहिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

बैशाख १९,काठमाडौँ । साताब्यापी सञ्चालन भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित खुल्ला राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधी शंकरदेब क्याम्पसले उचालेको छ । जेभियर्स इ ले उपविजेतामा चित्त बुझाएको छ ।

बिहिबार फाइनल खेलमा शंकरदेब क्याम्पस र जेभियर्स इ बिच प्रतिस्पर्धा भएको थियो । दुबै टिम बिच भएको कडा प्रतिस्पर्धात्मक खेलमा शंकरदेब कलेजले ६१ अंक ल्याएर बिजेता बन्न सफल भयो भने जेभियर्स ५५ अंक ल्याएर उपबिजेता भएको छ।

बिजेता र उपबिजेता टोलीलाई अस्कल क्याम्पस भब्य कार्यक्रमबिच पुरस्कार बितरण तथा सम्मान गरिए थियो। बिजेतालाइ नगद एक लाख ११ हजार पुरस्कार सहित सबै खेलाडी, टोली व्यवस्थापकलाइ मेड्ल प्रमाणपत्र र पदक प्रदान गरिएको थियो । उपबिजेतालाइ नगद ५५ हजार ५ सय सहित सबै खेलाडी ,टोली व्यवस्थापकलाई मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।

सबै अफिसियल टिम (रेफ्री) प्रायोजकहरु ,स्वयंसेवकहरुलाइ प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरिएको आयोजक कमिटीका सचीव एबं कार्यक्रम सञ्चालक सञ्जय दुवाडीले अनलाईन केन्द्रलाई जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस