पेड्रोको गोलमा चेल्सीको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २०, शुक्रबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगको खेलमा लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेको छ ।

बिहिबार राति भएको खेलमा चेल्सीले जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसंग १–१ गोलको बराबरी खेलेको हो ।

२३ औ मिनेटमा लुका जोभिचको गोलबाट जर्मन क्लबले अग्रता लिएको थियो ।

४५ औ मिनेटमा पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अवे खेलमा गाेल गर्दै चेल्सीले दाेस्राे लेगकाे खेललाइ सहज बनाएकाे छ ।

स्टार इडेन हजार्डलाई बेन्चमा राखेर चेल्सीले खेलको सुरुवात गरेको थियो । पछिल्लो समय उनी स्पेनिस महारथी क्लब रियल मड्रिडसंग जोडिएका छन् ।

पछिल्लो नतिजाले चेल्सी युरोपा लिगका १६ खेल अपराजित हुने पहिलो टिम बनेको छ ।

उसले सन् २०११ र २०१२ मा एट्लेटिको मड्रिडले बनाएको कीर्तिमान तोडेको छ ।

उसले अर्को हप्ता हुने दोस्रो लेगको खेलमा जित हासिल गरेमा अपराजित यात्रा १७ खेलसम्म पुग्नेछ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस