चेल्सी च्याम्पियन्स लिगमा छनोट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २३, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौँ । लण्डन क्लब चेल्सी अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएको छ । घरेलु मैदानमा वाटफोर्डलाई पराजित गर्दै चेल्सीले तेस्रो स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

अर्को लण्डन क्लब आर्सनलले बिङ्गटोनसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि चेल्सीले एक खेल अगावै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा लण्डन क्लब चेल्सीले वाटफोर्डलाई ३–० गोल अन्तरले हरायो ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीले ४८ औ मिनेटमा लोफट्स चेकको गोलबाट अग्रता लियो । ५१ औ मिनेटमा डिफेन्डर डेबिड लुईजले चेल्सीको अग्रता दोब्बर पारेका थिए । ७५ औ मिनेटमा गोन्जालो हिग्विनले गोल गर्दै लण्डन क्लबको जित सुनिश्चित गरेका थिए ।

तेस्रो स्थानको चेल्सीको ३७ खेलबाट ७१ अंक छ । लिगमा अन्तिम चरणको खेल बाँकी रहदाँ उसले पाँचौ स्थानको आर्सनलसंग चार अंकको अग्रता लिएको छ । टोटेनहम ७० अंक सहित तालिकाको चौथो स्थानमा छ । पाँचौ स्थानमा रहेको आर्सनलको ६७ अंक छ ।

चौथो स्थानमा रहँदै च्याम्पियन्स लिग पुग्ने आर्सनलको झिनो गणितिय सम्भावना भने बाँकीनै छ । हुडर्सफिल्डसंग बराबरीमा रोकिएको म्यानचेष्टर युनाईटेडको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना औपचारिक रुपमा सकिएको छ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस