उपचारपछि घर फर्किए इकर कासिलास

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २४, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । विश्वकप विजेता स्पेनका गोलरक्षक इकर कासिलासले भविष्य कस्तो र के हुनेछ भन्ने आफूलाई थाहा नरहेको बताएका छन् ।

अभ्यासको क्रममा हृदयघात भएपछि अस्पतालमा उचाररत कासिलासले डिस्चार्ज हुने क्रममा भविष्यबारे केही थाहा नरहेको बताएका हुन् । रियल मड्रिडका लेजेण्ड ३७ वर्षे कासिलासलाई गएको बुधबार हृदयघात भएको थियो ।

पोर्चुगिज क्लब पोर्टोमा रहेका कासिलासलाई अभ्यासको क्रममा हृदयघात भएको थियो ।

स्पेनिस क्लब रियल मड्रिडका सर्वोत्कृष्ट गोलरक्षकका रुपमा सदैब सम्झना गरिने कासिलासले आफूले निकै ठूलो भयको सामना गरेको यसअघि नै बताइसकेका थिए ।

कासिलास पोर्टोको सियुएफ अस्पतालबाट उपचार पछि घर फर्किएका छन् । कासिलासले आफू अब केही हप्ता वा केही महिना आराम गर्ने बताएका छन् ।

उनले अस्पतालबाट बाहिरिने क्रममा भने, ‘केही दिनअघि म अप्ठ्यारो अवस्थाबाट गुज्रिएँ, जुन कुरा जीवनको कुनै पनि क्षणमा आउन सक्छ । भाग्यले म ठीक छु । म भाग्यमानी रहेछु, यसप्रति जहिले आभारी रहने छु ।’ उनले आफ्ना लागि सद्भाव व्यक्त गर्ने सबैलाई धन्यबाद पनि दिएका छन् ।

रियल मड्रिडमा १६ वर्षको करिअरमा उनले ७२५ खेल खेलेका थिए । त्यसक्रममा उनले तीन पटक च्याम्पियन्स लिग तथा पाँच पटक ला लिगाको उपाधि जिते । यस्तै उनी लगातार दुई पटक सन् २००८ र २०१२ मा युरोकप जित्ने तथा सन् २०१० मा विश्वकप जित्ने स्पेनिस टिममा पनि थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस