प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाटै, यस्तो छ समीकरण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २४, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख २४, काठमाडौँ । इंगलिश प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ । म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि यात्रामा सबैभन्दा अगाडि छ ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा सिटीलाई जित दिलाउन भिसेन्ट कोम्पानीले ७० औ मिनेटमा निर्णायक गोल गरे ।

यो जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसंग एक अंकको अग्रता बनाएको छ । सिटीको ९५ अंक हुँदा लिभरपुलको ९४ अंक छ ।

अन्तिम खेलबाटै छिनोफानो
३७ औं चरणका खेल सकिएका छन् । अब अन्तिम चरणका खेलबाटै उपाधिको छिनोफानो हुनेछ । त्यसैगरी तेस्रोदेखि छैटौंसम्मको स्थानको पनि छिनोफानो हुनेछ ।

लिगको अन्तिम खेलमा म्यानचेष्टर सिटीले ब्राइटन एन्ड होभ आल्बियनसंग खेल्दैछ । ब्राइटनले रेलिगेशन क्षेत्र टारेको छ ।

त्यसैगरी लिभरपुलले घरेलु मैदानमा सातौं स्थान सुरक्षित गरेको उल्भरह्याम्पटन वान्डेरर्ससंग खेल्दैछ ।

तेस्रो स्थानको चेल्सीको ७१ अंक छ । चौथो स्थानको टोटनह्यामको ७० अक छ । पाँचौं स्थानको आर्सनलको ६७ तथा छैटौं स्थानको म्यानचेष्टर युनाइटेडको ६६ अंक छ ।

अन्तिम चरणको खेलमा चेल्सीले लेस्टर सिटीसंग खेल्नेछ । टोटनह्यामले एभर्टनसंग तथा आर्सनलले बर्नलीसंग खेल्दा म्यानचेष्टर युनाइटेडले कार्डिफ सिटीसंग खेल्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस