टि– ट्वेन्टी ह्विलचेयर क्रिकेटः नेपाल बंगलादेशसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । एसिया कप टि–ट्वेन्टी व्हिलचेयर क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग पनि पराजित भएको छ। कीर्तिपुर क्रिकेट मैदानमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित भएको हो।

नेपाल पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको थियो। आज टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर १ बलमा १ सय ४८ रन बनाउँदै अलआउट भयो। नेपालका लागि होमनाथ राईले ३६ रन बनाउँदा कप्तान दिगमसिं चेम्जोङले ३५ रनको योगदान गरे।

विष्णु पुकारले १६ रन जोडे । बंगलादेशले १ सय ४९ रनको विजयी लक्ष्य १८ ओभर ४ बलमा २ विकेट खर्चेर भेट्ठायो। नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा पहिलो जित दर्ता गरेको बंगलादेश अघिल्लो खेलमा पाकिस्तानसँग ८ विकेटले पराजित भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस